देश/प्रदेश

सामानसहित जथाभावी फूलमाला बेच्नेलाई महानगरले तोकिएको बिक्रीस्थल पुर्‍यो

Banner

काठमाडौँ, कात्तिक २६-

काठमाडौं महानगरपालिकाले जथाभावी फूलको माला बेच्नेहरुलाई नियन्त्रणमा लिएर सामानसहित फूलमाला बेच्न तोकिएको क्षेत्र पुर्‍याएको छ ।

नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार विभिन्न ठाउँमा रहेका फूल, माला बिक्रेतालाई महानगर प्रहरी बलको सवारी साधनमा राखेर तोकिएको बिक्री स्थलमा लगिएको हो ।

काठमाडौंका मेयर बालेन साहका अनुसार महानगरपालिका, नेपाल फ्लोरिकल्चर एसोसिएसन र नेपाल चेम्बर अफ कमर्सको संयुक्त प्रयासमा प्रदर्शनी मार्गको भृकुटीमण्डप, तीनकुने चउर, हाँडीगाउँ र बालाजु भ्याली कोल्ड स्टोरको प्राङ्गणबाट मात्र फूल बेच्ने प्रबन्ध मिलाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>