देश/प्रदेश
दाङमा गोली लागेर सशस्त्र प्रहरी जवानको मृत्यु, एक प्रकाउ
०

दाङ, कात्तिक २५-
दाङमा गोली लागेर एक जना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । जिल्ला प्रहरी प्रमुख डीएसपी जनक मल्लका अनुसार घोराही उपमहानगरपालिका-७ हर्नियाका जुगारु चौधरीको मृत्यु आरोपमा घोराही–५ बरलाबोटका ५५ बर्षीय शेरबहादुर केसीलाई भरूवा बन्दुकसहित आज (शनिबार) प्रकाउ गरिएको हो ।
बिहीबार सशस्त्र प्रहरी जवान चौधरीको स्थानीय जनसेवा सामुदायिक वनमा पात टिप्न गएको बेला शिकार खेल्न गएका शेरबहादुर केसीले चलाएको गोलीको छर्रा छातीमा लागेर मृत्यु भएको डीएसपी मल्लले बताए ।
मृतक चौधरी सशस्त्र प्रहरी बल नेपाल नं. २८ गण हेडक्वार्टर तौलिहवा कपिलवस्तुमा गणमा कार्यरत थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























