देश/प्रदेश

यो वर्ष काठमाडौं राती १ बजेसम्म देउसी भैलो खेल्न पाइन्छः मेयर बालेन

Banner

काठमाडौं, कात्तिक २४-

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंमा राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने बताएका छन्।

‘विगतको वर्षहरूमा कोभिडका कारण र सुरक्षाका कारणले गर्दा तिहारमा देउसी भैलो खेल्ने समय काठमाडौंभित्र राती ९ बजेसम्म मात्र खेल्न अनुमति दिइएको थियो,’ मेयर बालेनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यो वर्ष काठमाडौं महानगर नगर प्रहरीले राति १ बजेसम्म सुरक्षाका लागि पेट्रोलिङको व्यवस्था मिलाएका छौं। सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेलिदिनु हुन अनुरोध गर्दछौं।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>