देश/प्रदेश

घरको बाउन्ड्री भित्र चितुवा फेला पर्‍यो

Banner

काठमाडौँ, कात्तिक २४-

भक्तपुरको मध्यपुरठिमी– ३ कौशलटारमा चितुवा फेला परेको छ । चितुवा फेला परेपछि डिभिजन वन कार्यालय भक्तपुरले डिभिजन वन कार्यालय काठमाडौंको टोलीलाई खबर गरेपछि चितुवा नियन्त्रण गर्न वन अधिकृत अशोक पराजुली नेतृत्वको टोली खटाइएको हो ।

टोलीमा जमदार युवराज कार्की र पशु चिकित्सक आशुतोष भट्ट पनि छन् । एक घरको बाउन्ड्री भित्र कुनामा लुकेको चितुवालाई डार्ट गरेर नियन्त्रणमा लिइँदै छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>