देश/प्रदेश

महोत्तरीबाट वेपत्ता भएका ५ जना किशोरी फेला परे

Banner

जनकपुरधाम, कात्तिक २३-

धनुषाको ढल्केबरबाट पाँच जना किशोरीहरु फेला परेका छन् । महोत्तरीबाट गत मंगलबारदेखि वेपत्ता भएका पाँच जना किशोरीहरु आज बिहान फेला धनुषाको ढल्केबरबाट फेला परेका हुन् ।

महोत्तरीको औरही नगरपालिका–२ की १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षीया संगीता सदा, १५ वर्षीया राजन सदा र २० वर्षीया रूवी सदा फेला परेका हुन् ।

उनीहरुलाई बाहिर जान लागेका बेला स्थानीयले रोकेर प्रहरीलाई जिम्मा लगाएका छन् । अहिले उनीहरूलाई इलाका प्रहरी कार्यालय ढल्केबरमा राखिएको छ । अभिभावक बोलाएर जिम्मा लगाइने प्रहरी निरीक्षक राजकिशोर साहले जानकारी दिए ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>