जाजरकोट

भूकम्प पीडितका लागि चीनले बुझायो झण्डै ४० करोडको राहत सामग्री

Banner

काठमाडौं, कात्तिक २२-

चिनियाँ राजदुत छन् सङले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जाजरकोट र पश्चिम रूकुमका भूकम्प पीडितका लागि राहत सामग्री हस्तान्तरण गरेका छन्। चीन सरकारले पठाएको राहत सामग्री बुधबार बिहान पोखरा विमानस्थलमा राजदूत सङले उपप्रधानमन्त्री श्रेष्ठलाई हस्तान्तरण गरेका हुन्।

विमानस्थलमा चिनियाँ सेनाको दुईवटा एयरक्राफ्टमार्फत झन्डै ३० करोड मुल्य बराबरको सामग्री ल्याइएको थियो।

उक्त सामग्री बुझेपछि उपप्रधानमन्त्री श्रेष्ठले त्यसका लागि चिनियाँ सरकारप्रति कृतज्ञता जाहेर गरे। बुधबार बिहान काठमाडौं आइपुगेको उक्त सामग्री तत्काल प्रभावित क्षेत्रमा पठाइने गृहमन्त्रालयले जनाएको छ।

नेपाल र नेपाली जनताको दुस्खमा आफ्नो देशको सधैं साथ सहयोग रहने र राष्ट्रपति सी चिनफिङले समेत पत्र पठाएर त्यो समवेदना जाहेर गरेको उनले बताए। दुईवटा एयरक्राफ्टबाट चार हजार छ सय ब्लांकेट र छ सय टेन्ट आएको छ।

यता केरुङ नाका हुँदै चिनियाँ सरकारले झन्डै १० करोड बराबरको २३ ट्रक छुट्टै राहत सामग्री पठाएको छ, जसमा दुई हजार तीन सय टेण्ट, दुई हजार ब्लांकेट, सात सय त्रिपाल, पाँच सय वटा महामारी रोक्ने स्पेयर र साँढे १० हजार वटा लामखुट्टे मार्ने औषधि छन्।

पोखरा आएको सामग्री पनि प्रभावित क्षेत्रमा पठाउने तयारी भइरहेको मन्त्रालयले जानकारी दिएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>