देश/प्रदेश

भूकम्पबाट झण्डै ३६ हजार परिवार घरबासविहीन

Banner

काठमाडौँ, कात्तिक २२-

शुक्रवार राति जाजरकोट केन्द्रविन्दु भएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण झण्डै ३६ हजार परिवार घरबासविहीन भएका छन् । गृह मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार १७ हजार ८ सय ९६ घर पूर्ण रुपमा र १७ हजार ८ सय ५० घर आंशिक रुपमा भत्किएका हुन् ।

सबैभन्दा धेरै रुकुम पश्चिममा १६ हजार ५ सय ७० घर पूर्ण र नौ हजार ९ सय ६१ घर आंशिक रुपमा भत्किएका छन् । जाजरकोटमा एक हजार एक सय ७० घर पूर्ण र सात हजार १ सय ६६ घर आंशिक रुपमा भत्किएका छन् । सल्यानमा एक सय २९ घर पूर्ण र चार सय १८ घर आंशिक रुपमा भत्किएका छन् । यस्तै रुकुम पूर्व, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला, कालिकोट, प्यूठान र अछाममा पनि घर भत्किएका छन् ।

भूकम्पका कारण जाजरकोटमा एक सय एक जना र रुकुम पूर्वमा ५२ जना गरी एक सय ५३ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । भूकम्पका कारण तीन सय ६४ जना घाइते भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>