देश/प्रदेश

अरिङ्गालले टोक्दा अछाममा १ जनाको मृत्यु

०
Banner

कैलाली, कात्तिक २२-

अरिङ्गालले टोक्दा अछाममा १ महिलाको मृत्यु भएको छ ।

जिल्लाको चौरपाटी गाउँपालिका–४ पायलकी ३५ बर्षिया सरस्वती देउकरको अरिङ्गालको टोकाइबाट मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मंगलबार दिउँसो घर नजिकै रहेको बारीमा कोदोको नल काट्ने क्रममा अरिङ्गालको टोकाइबाट उनी घाइते भएकी थिइन् । उनको न्याय हेल्थ अस्पताल बयलपाटा अछाममा उपचारको क्रममा मृत्यु भएको छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>