चितवन विशेष

रत्ननगरमा कौडा खेलिरहेको अवस्थामा ८० हजारसहित १३ जना पक्राउ

Banner

चितवन, कात्तिक २१-

पूर्वी चितवनको रत्ननगरमा कौडा खेलिरहेको अवस्थामा ८० हजार ५०० रुपैयाँसहित १३ जना व्यक्ति पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायव उपरीक्षक अनिल कुमार खड्काको टोलीले सोमबार राती १०ः४५ बजे रत्ननगर नगरपालिका–१५ माधवपुरस्थित सुदिप गुरुङको बंगुरको खोरबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भरतपुर महानगरपालिका–११ का दुई जना, रत्ननगर–१५ का सात जना, रत्ननगर–२ का एक जना, कालिका नगरपालिका–८ का दुई जना र कालिका–६ का एक जना रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>