देश/प्रदेश
मृत फेलापरेका प्रधानाध्यापकको हत्या गरिएको भन्दै परिवारले गरे राजमार्ग अवरुद्ध
०

जनकपुरधाम, कात्तिक २०-
सिरहाको गोलबजार स्थीत सरस्वती माविका प्रधानाध्यापक सञ्जिवकुमार साहको हत्या भएको भन्दै परिवार र स्थानीयवासीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।
साह विद्यालयमै झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । तर, परिवार र स्थानीयवासीले भने सिरहाको मिर्चैयामा बिहान ९ बजेदेखि साहका घटनाको छानबिन र दोषीलाई कारबाहीको मागसहित प्रदर्शन गरेका हुन् । घटना ढोकछोप गर्ने प्रयास भएको भन्दै परिवार आन्दोलित बनेका छन् ।
आइतबार बिहान प्रधानाध्यापक साह गोलबजार नगरपालिका-३ जमदहस्थित विद्यालयको निर्माणाधीन भवनको तेस्रो तल्लामा झुण्डिएको अवस्थामा फेला परेका थिए । प्रहरीका अनुसार घटना हुनुअघि विद्यालयका सहयोगीलाई उनले रिचार्ज कार्ड किन्न पठाएका थिए । उनको दुवै खुट्टा भुइँमा छोएकोलगायत घटनास्थलको प्रकृति हेर्दा घटना शंकास्पद मानिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























