क्रिकेट

नेपाललाई दोस्रो सफलता, गुलशनले लिए विकेट

Banner

काठमाडौं,कात्तिक १९-

विश्वकप छनोटको फाइनलमा नेपालविरुद्ध १८५ रनको लक्ष्य पछ्याइहेको ओमानले दोस्रो विकेट गुमाएको छ। गुलशन झाको बलमा सन्दीप जोराले क्याच गरेका हुन्। आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज भइरहेको फाइनलमा नेपालले ओमानसामू जितका लागि एक सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

यसअघि सोमपाल कामीले पहिलो विकेट लिएका थिए। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अहिले भइरहेको खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ८४ रनको योगफल बनायो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>