चितवन विशेष
पत्रकार पवित्रा पराजुली सम्मानित

गैँडाकोट, कार्तिक १८-
पत्रकार पवित्रा पराजुली सम्मानित हुनुभएको छ । गैँडाकोटमा रहेको जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी तथा सरसफाईको क्षेत्रमा गरेको योगदानको कदर गर्दै संस्थाको २२ औँ वार्षिक साधारण सभाको अवसरमा पराजुलीलाई सम्मान गरेको हो ।
विजय एफ.एममा कार्यरत पराजुलीले ‘सुरक्षित पानी, स्वस्थ जिन्दगानी’ रेडियो कार्यक्रम सञ्चालन गर्दै आउनुभएको छ । सो कार्यक्रम मार्फत उपभोक्ताहरुमा खानेपानी तथा सरसफाईको क्षेत्रमा सचेतना अभिवृद्धि गर्ने, खानेपानीको मूहानको संरक्षण, खानेपानीको समुचित प्रयोग, खानेपानी संस्थाका समस्या तथा सम्भावनाहरुलाई सम्बन्धित निकायमा पु¥याउन गरेको योगदानको कदर गर्दै संस्थाले उहाँलाई सम्मान गरेको हो ।
साधारण सभाका प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारी, खानेपानी संस्थाका अध्यक्ष जगन्नाथ पौडेल लगायत अतिथिहरुले प्रशंसा पत्र सहित सम्मान गर्नुभएको हो । विगत डेढ दशकदेखी विजय एफएम १०१.६ ले जलुके खानेपानी संस्थासँगको सहकार्यमा सुरक्षित पानी स्वस्थ जिन्दगानी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

























