क्रिकेट

प्लेयर अफ द म्याच आसिफ, बेस्ट डेलिभरीको अवार्ड लामिछाने र बेस्ट क्याचको अवार्ड कुशललाई

Banner

काठमाडौँ, कात्तिक १७-

टी-२० विश्वकप क्वालिफायरको सेमिफाइनलमा नेपालले यूएईलाई हराउँदा आसिफ शेख प्लेयर अफ द म्याच बनेका छन् । उनले धैर्यतापूर्वक ब्याटिङ गर्दै ५१ बलमा ६४ रन बनाएका थिए ।

म्याचपछि प्रदान गरिएका सबै पुरस्कारहरु नेपाली टिमले कब्जा गर्‍यो । बेस्ट डेलिभरीको अवार्ड सन्दीप लामिछानेलाई र बेस्ट क्याचको अवार्ड कुशल भुर्तेललाई दिइयो । यस्तै लामो हिटको अवार्ड कप्तान रोहित पौडेलले प्राप्त गरे भने फास्टेस्ट रन स्कोररको अवार्ड पनि पौडेललाई नै मिल्यो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>