चितवन विशेष

भरतपुर–१२ का ज्येष्ठ नागरिकलाई कानूनी शिक्षा प्रदान

०
Banner

भरतपुर, कात्तिक १५-

ज्येष्ठ नागरिक संघ वडा कार्य समिति भरतपुर १२ को आयोजनामा वडाभित्रका ज्येष्ठ नागरिकलाई कानुनी शिक्षा प्रदान गरिएको छ। कतिपय ज्येष्ठ नागरिकहरुलाई कानूनी ज्ञानको अनभिज्ञताले आफ्ना हक अधिकारको प्रयोग गर्न नसकि मर्यादित जीवन जीउन नसेको अवस्थालाई मध्यनजर गरी कानुनी शिक्षा प्रदान गरिएको हो।

ज्येष्ठ नागरिक संघ वडा कार्य समिति भरतपुर १२ का अध्यक्ष सन्तोष पन्तको अध्यक्षता तथा वडा अध्यक्ष लेखराज पन्तको प्रमुख आतिथ्यमा शनिवार वडा कार्यालयको हलमा ज्येष्ठ नागरिकहरुका लागि कानूनी शिक्षा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो।

भरतपुर महानगरपालिका–१२ का २२ वटै टोल विकास संस्थाबाट २०३ जना ज्येष्ठ नागरिकहरुको सहभागितामा सम्पन्न भएको उक्त कार्यक्रमको उद्घाटन शत्रमा प्रमुख अतिथि वडा अध्यक्ष पन्तले ज्येष्ठ नागरिक संघ सबैको विसाउने चौतारी भएको बताए । संघले ज्येष्ठ नागरिकका लुकेका पिडा, समस्याहरुलाई समाधान गर्न घर घरमै पहल गर्ने र आफुबाट सम्भव नभए वडा कार्यालयमा आउने बाटो डो¥याउने उनले विश्वास व्यक्त गरे ।

कार्यक्रममा विशिष्ट अतिथि ज्येष्ठ नागरिक संघ जिल्ला कार्य समितिका अध्यक्ष माधव शर्मा घिमिरेले ज्येष्ठ नागरिकहरुका लागि कानूनी शिक्षा प्रशिक्षण कार्यक्रमको आवश्यकताबारे प्रकाश पार्दै समय सापेक्ष र आवश्यक कार्यक्रम आयोजना गरेकोमा वडा कार्य समितिलाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रमको प्रशिक्षण सत्रमा ज्येष्ठ नागरिक संघ वडा कार्य समिति भरतपुर १२ का कानूनी सल्लाहकार वरिष्ठ अधिवक्ता भुपेन्द्रजंग पौडेलले ज्येष्ठ नागरिकका सम्वन्धमा संस्कार, संस्कृति र धर्मशास्त्रको दृष्टिकोण, विश्वका आध्यात्मिक नेता तथा ज्येष्ठता, ज्येष्ठ नागरिकका सम्वन्धमा अन्तराष्ट्रिय मान्यता, विश्व तथा नेपालमा ज्येष्ठ नागरिकको अवस्था र वृद्धिदर, ज्येष्ठ नागरिक ऐन २०६३, मुलुकी देवानी संहिता २०७४ र स्थानिय सरकार सञ्चालन ऐन २०७४ ले गरेका व्यवस्थाहरु र साझा जिम्मेवारी, ज्येष्ठ नागरिकले कानून बमोजिम प्राप्त गर्ने सेवा तथा सुविधाहरु बारे प्रस्तुतिकरण गरे ।

सहभागीहरुले कार्यक्रम अत्यन्त फलदायी भएको र कार्यक्रमबाट धेरै नयाँ कुराहरु जानकारी भएको भन्दै कार्यक्रम आयोजना गरेकोमा ज्येष्ठ नागरिक संघ वडा कार्य समिति भरतपुर १२ र सहजिकरण गरेकोमा वडा कार्यालयलाई धन्यवाद ज्ञापन गरे ।

१२ नम्वर वडाका वडा सदस्यहरु जमुना ढुङ्गाना र सञ्जय थापा, संघका स्वास्थ्य तथा जराचिकित्सा सल्लाहकार डा. शारदा कुँवर र शिक्षा तथा अनुभव हस्तान्तरण सल्लाहकार भैरवराज रेग्मी, टोल विकास संस्था तथा आमा समूहका अध्यक्ष तथा प्रतिनिधिहरु, ज्येष्ठ नागरिक संघ वडा कार्य समितिका पदाधिकारी तथा सदस्यहरु समेतको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा ज्येष्ठ नागरिक संघ वडा कार्य समितिका धार्मिक एवं सास्कृतिक सल्लाहकार पण्डित तोयानाथ अधिकारीले आफ्नो नाति आयन अधिकारीको छैठौ जन्मोत्सवको खुशीयालीमा उपस्थित सबैलाई प्रशाद स्वरुप सेल, तरकारी सौजन्य गरेका थिए ।

ज्येष्ठ नागरिक संघ वडा कार्य समिति भरतपुर १२ का सचिव युवनिधि तिवारीले सञ्चालन गरेको उक्त कार्यक्रममा संघका उपाध्यक्ष ऋषिराम भट्टले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको अन्तमा अध्यक्ष सन्तोष पन्तले ज्येष्ठ नागरिक संघ भरतपुर १२ का मंसीर महिनामा सञ्चालन हुने कार्यक्रमहरु बारे जानकारी गराउँदै सबै कार्यक्रमहरुमा यस्तै उत्साहजनक सहभागीताको अपेक्षा गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>