देश/प्रदेश
काभ्रेमा कार दुर्घटना, ४ जना घाइते
०

काभ्रे, कात्तिक १७-
बीपी राजमार्गमा कार दुर्घटना हुँदा चार जना घाइते भएका छन् । बीपी राजमार्ग अर्न्तगत रोशी गाउँपालिका वडा नं ८, चारसयवेशीमा कार दुर्घटना हुँदा चार जना घाइते भएका हुन् ।
कार्यालयका अनुसार, दुर्घटनामा परी महोत्तरी जिल्लाको गौशला नगरपालिका वडा नं ५ का २३ वर्षिय धिरेन्द्र चौधरी, २० वर्षीय खुश्बु चौधरी, १९ वर्षीय प्रमिका चौधरी र १९ वर्षीय अञ्जली चौधरी घाइते भएका छन् । घाइतेहरुको जिल्ला स्थित धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
शुक्रबार अपरान्ह करिब १२ः१५ बजेको समयमा महोत्तरीबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बर बीआर०६डीई४३११ को कार अनियन्त्रित भइ सडकबाट अन्दाजी १५ मिटर तल रोशी खोलामा खसेको थियो । दुर्घटनामा ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























