देश/प्रदेश
रिगललाई सकेसम्म छिटै नियन्त्रणमा लिई सम्बन्धित ठाउँमा बुझाउँछौंः प्रहरी
०

काठमाडौं, कात्तिक १६-
नेपाल प्रहरीले बाँकेका योगराज ढकाल (रिगल) को खोजी सुरु गरेको छ। सर्वोच्च अदालतले आज (बिहीबार) रिगललाई पक्राउ गरी थुनामै राख्न परमादेश दिएपछि प्रहरीले खोजी सुरु गरेको हो ।
सर्वोच्चले उक्त आदेश दिएपछि रिगलको खोजी सुरू गरिएको र सकेसम्म छिटो नियन्त्रणमा लिई सम्बन्धित ठाउँमा बुझाउने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुबेर कडायतले जानकारी दिए।
सरकारको सिफारिसमा रिगललाई राष्ट्रपति रामचन्द्र पौडेलले गत असोज ३ गते आममाफी दिएका थिए। रिगलले ०७२ असार २८ गते नेपालगञ्जको धम्बोझी चोक नजिकै चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























