चितवन विशेष
चितवनका पत्रकार किशोर खनाल स्वास्थ्य पत्रकारिताबाट पुरस्कृत

चितवन, कार्तिक १५-
जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रले आयोजना गरेको पत्रकारित लेखनमा चितवनका पत्रकार किशोर खनाल उत्कृष्ट भएका छन् । लेड (सिसा) विषबारे जनचेतना जगाउने समाचारमा खनाल देशभरबाट उत्कृष्ट उत्कृष्ट भएका हुन् । उत्कृष्ट भएका खनाललाई सिसा विषको बचावट को लागि ११ औँ अन्तर्राष्ट्रिय लिड सचेतना सप्ताह कार्यक्रममा पुस्कृत गरिएको हो । उनले २० हजार नगद सहित प्रथम पुरस्कारको प्रमाणपत्र प्राप्त गरेका छन् ।
उनी सहित देशभरका पाँच जना सञ्चारकर्मी पनि पुरस्कृत भएका छन् । बुटवलका लक्ष्मण पोखरेललाई १५ हजार नगद सहित द्वितीय पुरस्कार को प्रमाण पत्र र जनकपुरका सुभास कर्ण लाई तृतीय पुरस्कार सहित १० हजार नगद राशि प्रदान गरिएको हो । यस्तै सान्त्वना पुरस्कार अन्तर्गत वीरगन्जकी माधुरी महतो र काठमाडौंका नवराज अधिकारीलाई जनही ५ हजार नगद पुरस्कार सहित प्रमाणपत्र दिइएको हो ।
जनस्वास्थ्य प्रवर्द्घन केन्द्र ले राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र को सहकार्यमा आयोजना गरेको ११ औं अन्तर्राष्ट्रिय लिड सचेतना सप्ताह कार्यक्रमका प्रमुख अतिथि, स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा.दिपेन्द्र रमण सिंहले पाँचै जना सञ्चार कर्मीलाई उक्त पुरस्कार प्रदान गरेका थिए ।
सिसा युक्त पेन्टहरुको उन्मूलन र उच्च जोखिममा रहेका बालबालिका को स्वास्थ्य समस्या समाधान गर्न आम जनतामा यस बारे व्यापक जनचेतना जगाउनुको साथै सरकारी मापदण्ड परिपालनाको स्थितिमा सुधार ल्याउने उद्देश्यले सञ्चारकर्मी बीच यसबारे समाचार, लेख प्रतियोगिता प्रर्वद्धन केन्द्रले आयोजन गरेको थियो ।
सरकारी अध्ययन अनुसार नेपालका ६५ प्रतिशत बालबालिका को रगतमा सिसा पाइएको छ । विज्ञहरूले मुलुकमा सिसा विषको विषाक्तता घटाइ भावी पुस्ता बालबालिकाको भविष्य सुनिश्चित गर्नु आवश्यक रहेको छ ।

























