चितवन विशेष

भरतपुरमा नविन राप्रपा अभियान तीब्र,युवा केन्द्रित अभियान संचालन

Banner

चितवन, कात्तिक १४-

नविन राप्रपा अभियान अन्तर्गत राष्ट्रिय प्रजातन्त्र पार्टी भरतपुर महानगरपालिकाको प्रथम चरणको बैठक बसेको छ । पार्टीका उपाध्यक्ष शिवप्रसाद उप्रेतीको अध्यक्षतामा मंगलबार भरतपुरमा बसेको हो । राप्रपाका केन्द्रिय सहमहामन्त्री रिना गुरुङको प्रमुख अतिथ्यतामा बसेको बैठकमा जिल्ला उपाध्यक्ष जिवलाल पुरी, सचिव दिनेश बहादुर अधिकारी, सदस्य हरिराज भट्टराई, रामविक्रम ठकुरी, प्रजापति सापकोटा, राजराम महत्तो लगायतको उपस्थिति रहेको थियो ।

नविन राप्रपा अभियान अन्तर्गत भरतपुरका १७ वडामा भेला र कार्यक्रम सम्पन्न भएको राप्रपा भरतपुर महानगर कमिटीका सचिव सुलभ सिग्देलले जानकारी दिनुभयो । उहाँले २५ गते भित्रै २९ वटै वडामा नविन राप्रपा अभियानको कार्यक्रम गरिने बताउनुभयो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>