चितवन विशेष

शारदानगर खानेपानीका उपभोक्तालाई महानगरले प्रतिघर ७ हजार लिटर खानेपानी निशुल्क दिने

Banner

चितवन, कात्तिक ०३-
भरतपुर महानगरपालिकाले शारदानगर खानेपानी तथा सरसफाई आयोजनाका उपभोक्तालाई मासिक प्रतिघर ७ हजार लिटर खानेपानी निःशुल्क प्रदान गर्ने भएको छ । भरतपुर महानगरपालिका १९ स्थित शारदानगरमा रहेको खानोपानी आयोजनाका उपभोक्ता समिति र महानगरपालिका बिच आज प्रति घर मासिक ७ हजार लिटर खानेपानी निःशुल्क गर्ने गरी सम्झौता भएको हो ।

खानेपानी आयोजनाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए । महानगर प्रमुख रेनु दाहालको दोस्रो कार्यकालको पहिलो निर्णय नै महानगरबासीलाई निशुल्क खानेपानी (७ हजार लिटर) अनुदान दिने थियो । सोही अनुसार दाहालले शारदानगरका उपभोक्तालाई पनि दिने निर्णय गरेको दाहालको सचिवालयले जानकारी दिएको छ । हाल सो आयोजना अन्तरगत २० हजार घरघुरीले गुणस्तरिय खानेपानी खाएका छन् । अव
आज भएको सम्झौताले आयोजनाका सबै जनताले निशुल्क ७ हजार लिटर पानीको सुविधा पाउने बताईको छ । यस आयोजनाको उपभोक्ता समितिमा महिला मात्र रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>