खैरहनी

संस्कारको वार्षिक साधरणसभामा बाल सदस्यलाई स्टेशनरी वितरण

Banner

चितवन, असोज २८–

पूर्वीचितवनको खैरहनी नगरपालिका वडा नं. ८ मा रहेको संस्कार बचत तथा ऋण सहकारी संस्थाले आफ्नो पाँचौ वार्षिक साधारण सभामा ७० जना बालबालिकाहरूलाई स्टेशनरी वितरण गरेको छ।

आज (आइतबार) सम्पन्न भएको साधारण सभामा बाल बचत सदस्यहरूको पठनपाठनमा हौसला प्रदान गर्नका लागि संस्थाले कापी, कलम, सिसाकलम, इरेजर लगायतका सामग्री वितरण गरेको हो । यसअघि संस्थाले बाल सदस्यहरूको जन्मदिनको अवसरमा बर्थडे केक उपलब्ध गराउँदै आएको थियो। यसवर्षदेखि बालबालिकाहरूलाई पठनपाठनमा प्रोत्साहन गर्नका लागि स्टेशनरी वितरण गरिएको संस्थाका अध्यक्ष हरिकुमार चौधरीले जानकारी दिए । त्यस अवसरमा उत्कृष्ट सदस्यहरूलाई नगदसहित सम्मान गरिएको थियो ।

सभामा संस्थाका कोषाध्यक्ष धन बहादुर दराईले वार्षिक आयव्यय प्रतिवेदन र अध्यक्ष हरिकुमार चौधरीले बजेट र नीति तथा कार्ययोजना पेश गरेका थिए । संस्थाका सल्लाहकार शंकरदेव चौधरी, सदस्य दीपा श्रेष्ठ, सदस्य रमेश श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>