चितवन विशेष

दशनामी समुदायले भने ‘संस्कृति संरक्षणमा एक जुट हुनुपर्छ’

Banner

चितवन, असोज २७-
आफ्नो अधिकारलाई स्थापित गर्न एक जुट हुनुपर्ने दशनामी समुदायले बताएका छन् । दशनामी समाज चितवनले आज(शनिवार) भरतपुरमा आयोजना गरेको वडा दशैँ २०८०को शुभकामना तथा सम्मान कार्यक्रममा बोल्दै उनीहरुले अन्य समुदाय जस्तै एक जुट हुनुपर्ने बताएका हुन् ।

नेपालको संविधान २०७२ मा दशनामीलाई खस आर्य वर्गमा सुचिकृत गरिएको छ । दशनामी अन्तरगत १० वटा थर (गिरी, पुरी, भारती, वन, पर्वत, सागर, सरस्वती, आश्रम आरण्य, तिर्थ) छन् । तर, सबै एकीकृत हुन नसकेको उनीहरुको भनाई थियो । कार्यक्रममा बोल्दै दशनामी समाज नेपालका अध्यक्ष गोविन्द विक्रम गिरीले दशनामी समाजको उत्थानका लागि अतुलनी सहयोग गरेकोमा जिल्ला शाखालाई धन्यवाद समेत दिनुभएको छ । उहाँले दशनामी समुदायको संस्कृती संरक्षणमा समेत लाग्नुपर्ने बताउनुभयो ।

जिल्ला अध्यक्ष जिवलाल पुरीले दशनामी समाजको संस्कृति संरक्षणको लागि एउटा भवन निर्माण गर्नुपर्ने बताउनुभएको छ । उहाँले अब आउन आधिवेशनबाट सहकारी र भवन बनाउने योजना ल्याउनुपर्ने धारणा राख्नुभयो । यस्तै दशनामी समाज चितवनले उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष शंकर गिरीलाई सम्मान गरेको छ । दशनामी समाजको उत्थानको लाग महत्वपूर्ण भूमिका खेलेको भन्दै गिरीलाई सम्मान गरेको हो ।

दशनामी समाज चितवनका अध्यक्ष जिवलाल पुरीको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगर नगरपालिकाका निवर्तमान मेयर नारायण वन, समाजका संस्थापक अध्यक्ष इश्वरी गिरी, मकवानपुरका अध्यक्ष सुदिप गिरी, विश्व हिन्दु महासंघका अध्यक्ष प्रेम प्रसाद गैरे, ठकुरी समाज चितवनका अध्यक्ष रामराज सिंह ठकुरी, कुमाल समाज चितवनका उपाध्यक्ष बिष्णुमायाँ कुमाल, तमु प्येलु संघ चितवनका अध्यक्ष लालप्रसाद गुरुङ लगायतको उपस्थिती रहेको थियो । जिल्ला उपाध्क्ष हिम्मत पुरीले स्वागत मनतव्य राख्नुभएको कार्यक्रमको सहजिकरण शिवराज पुरीले गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>