राजनीति
सरकार स्थिर बन्न सकेन, मध्यावधि रोक्न सांसदहरूले मलाई समर्थन गर्नुभयोः मुख्यमन्त्री कार्की
०

काठमाडौं,असोज २७-
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले मध्यावधि निर्वाचनमा जानबाट रोक्न आफू मुख्यमन्त्री बनेको बताएका छन् । यसअघि गठबन्धनले पटकपटक प्रयास गर्दा पनि सरकार स्थिर बन्न नसकेको र मध्यावधिको बाटो देखिएकोले त्यसलाई रोक्न सांसदहरूले आफूलाई समर्थन गरेको उनले बताए ।
कुनै पार्टी समर्थनमा नभई संविधानको धार १६८ (५) को व्यवस्था अनुसार सांसदहरूको समर्थनमा आफू मुख्यमन्त्री भएको उनले बताए । उनले यसलाई संविधानवादमा विश्वास गर्ने सबै पार्टीले सकारात्मक रुपमा लिने विश्वास व्यक्त गरे ।
‘यसलाई स्वभाविक रुपमा पार्टीले आत्मसाथ गर्छ भन्ने लाग्छ । संविधानले देखाएको बाटो अनुसार भएको हो,’ उनले भने, ‘ गठबन्धनको मात्रै संसदको संख्याले मध्यावधिमा जाने बाटो देखिएको थियो । त्यसैले सांसदहरूको एकरुपताले मध्यावधिको बाटो राकेको हो ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























