Breaking News

श्रीलङ्काली अलराउन्डर थरिन्दु रथनायके सुदूरपश्चिम रोयल्समा अनुबन्ध

०
Banner

काठमाडौँ, कात्तिक ११-

श्रीलङ्काली अलराउन्डर थरिन्दु रथनायकेले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेल खेल्नुहुने भएको छ ।

तीस वर्षीय रथनायके बायाँहाते ब्याटर हुन् । उहाँ दायाँहाते अफ स्पिन र बायाँहाते स्पिन दुवै प्रकारले बलिङ गर्न सक्नुहुन्छ । दुवै हातले बलिङ गर्न सक्ने क्षमताका कारण उहाँ फरक शैलीका बलरका रूपमा परिचित हुनुहुन्छ ।

रथनायकेले श्रीलङ्काका लागि चार टी–२० अन्तरराष्ट्रिय खेल खेल्नुभएको छ । त्यसमा उहाँले छ विकेट लिनुभएको छ । ब्याटिङमा ७७ रन बनाउनुभएको छ । उहाँको टी–२० अन्तरराष्ट्रियमा उच्च स्कोर ६५ रन हो । घरेलु तथा अन्य टी–२० प्रतियोगितामा उहाँले ८८ खेल खेल्दै ९८ विकेट लिनुभएको छ ।

यसै क्रममा उहाँको उत्कृष्ट बलिङ प्रदर्शन आठ रन खर्चेर चार विकेट लिनु हो । उहाँले टी–२० क्रिकेटमा ६३८ रनसमेत बनाउनुभएको छ ।

प्रथम श्रेणी क्रिकेटमा ८२ खेल खेलेका रथनायकेले ३७८ विकेट लिनुभएको छ, भने एक हजार ९२३ रन बनाउनुभएको छ । त्यस्तै, लिस्ट ए क्रिकेटमा ९६ खेल खेल्दै १३३ विकेट र ९५२ रन बनाउनुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>