राजनीति

कांग्रेस बैठक कोइरालाद्धारा बहिस्कार, मुख्यमन्त्रीमा कार्कीको दावी यथावत

Banner

काठमाडौँ, असोज २६—
कोशी प्रदेशको मुख्यमन्त्रीका लागि पार्टीभित्र विद्रोह गरेपछि आगामी रणनीति तय गर्न बसेको बैठकमा नेता शेखर कोइराला अनुपस्थित भएका छन् । पार्टीको कार्यसम्पादन समितिको बैठकमा कोइराला अनुपस्थित भएपछि शनिबार बिहानसम्म छलफलका लागि उनलाई पर्खिने निर्णय भएको छ ।

सत्ता गठबन्धनको शुक्रबारको बैठकमा पार्टी भित्रको विभाजन र गठबन्धनको एकताका लागि मुख्यमन्त्रीमा दाबी गरेका केदार कार्कीलाई पछि हटाउने नेताहरुले आग्रह गरेका थिए । तर कोइरालाले उनलाई पछि नहटाउने अडान लिएपछि कांग्रेसको कार्य सम्पादन समितिको बैठक बसेको थियो । उक्त बैठकमा कोइराला गएनन् ।

ुगठबन्धन पनि जोगाउनुपर्ने भएकाले गठबन्धनले अघि सारेका व्यक्तिलाई नै समर्थन गर्न अनुरोध गरेपनि कोइरालाले नमानेको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए । प्रधानमन्त्री दाहालले मुख्यमन्त्री चयनमा कांग्रेसभित्र असन्तुष्टि देखिएकाले आफ्नो दलको उम्मेदवारलाई फिर्ता गरिदिने र कांग्रेसबाटै सहमतिमा उम्मेदवार चयन गर्न सुझाएका थिए । दाहालको सुझावपछि बैठकमै देउवाले कोइरालाई कांग्रेसका तर्फबाट केदार कार्कीबाहेक अर्को व्यक्तिलाई उम्मेदवार बनाउन प्रस्ताव गरेका थिए ।

‘सभापतिले बैठकमै शेखर कोइरालालाई अहिले पार्टी निणर्य विपरीत दाबी पेश गर्नुभएका केदार कार्कीलाई फिर्ता गराएर अर्को सर्वसम्मत उम्मेदवारको नाम दिन प्रस्ताव गरेपनि उहाँले नाम नदिएको उनले बताए । पार्टी र गठबन्धनको निर्णय विपरीत कोशी प्रदेशमा आठ जना सदस्यले फरक ठाउँमा हस्ताक्षर गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>