राजनीति

कांग्रेस बैठक कोइरालाद्धारा बहिस्कार, मुख्यमन्त्रीमा कार्कीको दावी यथावत

०
Banner

काठमाडौँ, असोज २६—
कोशी प्रदेशको मुख्यमन्त्रीका लागि पार्टीभित्र विद्रोह गरेपछि आगामी रणनीति तय गर्न बसेको बैठकमा नेता शेखर कोइराला अनुपस्थित भएका छन् । पार्टीको कार्यसम्पादन समितिको बैठकमा कोइराला अनुपस्थित भएपछि शनिबार बिहानसम्म छलफलका लागि उनलाई पर्खिने निर्णय भएको छ ।

सत्ता गठबन्धनको शुक्रबारको बैठकमा पार्टी भित्रको विभाजन र गठबन्धनको एकताका लागि मुख्यमन्त्रीमा दाबी गरेका केदार कार्कीलाई पछि हटाउने नेताहरुले आग्रह गरेका थिए । तर कोइरालाले उनलाई पछि नहटाउने अडान लिएपछि कांग्रेसको कार्य सम्पादन समितिको बैठक बसेको थियो । उक्त बैठकमा कोइराला गएनन् ।

ुगठबन्धन पनि जोगाउनुपर्ने भएकाले गठबन्धनले अघि सारेका व्यक्तिलाई नै समर्थन गर्न अनुरोध गरेपनि कोइरालाले नमानेको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए । प्रधानमन्त्री दाहालले मुख्यमन्त्री चयनमा कांग्रेसभित्र असन्तुष्टि देखिएकाले आफ्नो दलको उम्मेदवारलाई फिर्ता गरिदिने र कांग्रेसबाटै सहमतिमा उम्मेदवार चयन गर्न सुझाएका थिए । दाहालको सुझावपछि बैठकमै देउवाले कोइरालाई कांग्रेसका तर्फबाट केदार कार्कीबाहेक अर्को व्यक्तिलाई उम्मेदवार बनाउन प्रस्ताव गरेका थिए ।

‘सभापतिले बैठकमै शेखर कोइरालालाई अहिले पार्टी निणर्य विपरीत दाबी पेश गर्नुभएका केदार कार्कीलाई फिर्ता गराएर अर्को सर्वसम्मत उम्मेदवारको नाम दिन प्रस्ताव गरेपनि उहाँले नाम नदिएको उनले बताए । पार्टी र गठबन्धनको निर्णय विपरीत कोशी प्रदेशमा आठ जना सदस्यले फरक ठाउँमा हस्ताक्षर गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>