इच्छकामना

इच्छाकामनाको हात्तिबाङ विद्यालयलाई एक्सपर्ट चितवनको खेलकुद सामग्री

Banner

चितवन, असोज २६–

एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले एक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेको छ ।

जिल्लाको विकट ठाउँ इच्छाकामना गाउँपालिका–१, हात्तिबाङस्थित राष्ट्रिय माध्यमिक विद्यालयलाई आज (शुक्रबार) एक कार्यक्रमकाबीच विद्यार्थीहरुलाई टिसर्टसहित खेलकुद र शैक्षिक सामग्री सहयोग गरेको हो । एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्ली राम अधिकारी र एक्सपर्ट चितवनका रिजनल अप्रेशन म्यानेजर नरहरि पौडेल (किरण)ले विद्यालयका प्रधानाध्यापक लोकबहादुर मगर र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुश्म प्रजालाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो । एक्सपर्टले विद्यार्थीहरुलाई खेल्नका लागि फुटबल, भलिबल, क्रिकेट ब्याटबल, चेस, स्किपिङ, ब्याडमिन्टनलगायतका खेलकुद सामग्री सहयोग गरेको हो ।

एक्सपर्ट चितवनले संस्थाको २०औं वार्षिकोत्सव समारोहको अवसरमा उक्त विद्यालयलाई खेलकुद तथा शैक्षिक सामग्री प्रदान गरेको हो । सो क्रममा बोल्दै प्रबन्ध निर्देशक अधिकारीले विद्यायलाई अतिआवश्यक शैक्षिक तथा खेलकुद सामग्री सहयोग गर्न पाउँदा खुशी प्रकट गर्नुभयो । उहाँले विभिन्न अभावमा रहेका विद्यार्थीहरुलाई आवश्यक सामग्रीहरु आगामि दिनमा पनि सहयोग गर्दै जाने प्रतिवद्धता जनाउनुभयो ।

सो क्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक लोकबहादुर मगरले विद्यालयको आवश्यकतालाई मध्यनजर गरेर खेलकुद तथा शैक्षिक सामग्री सहयोग गरेकोमा एक्सपर्ट चितवनलाई धन्यवाद दिनुभयो । उहाँले शैक्षिक नतिजासंगै खेलकुद क्षेत्रमा यस विद्यायलले राम्रो नतिजा ल्याउने गरेको भन्दै अझै धेरै कुरामा सहयोगको आवश्यकता रहेको बताउनुभयो । उहाँले कम स्रोत र साधनको आधारमा विद्यालयको तर्फबाट उत्कृष्ट नतिजा दिलाउन प्रयासरत रहेको समेत बताउनुभयो ।

एक्सपर्ट चितवनले सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ । अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको एक्सपर्ट स्न २००३ अगष्ट ८ मा स्थापना भएको हो । एक्सपर्टका हाल २० भन्दा बढी देशमा ६० भन्दा बढी शाखाहरु रहेका छन् । एक्सपर्टले मुख्यगरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, न्यूजील्याण्डका लागि शैक्षिक परामर्श दिँदै आइरहेको छ । एक्सपर्टले परामर्शसंगै आइइएलटिएस कक्षाहरु समेत संचालन गर्दै आइरहेको छ ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुश्म प्रजाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>