राजनीति
भारतीय प्रधानमन्त्रीलाई रघुजी पन्तको दशैं शुभकामना: नेपाली भूमि र नेपाली जनताको स्वाभिमानको कदर गर्न प्रेरित गरोस्
०

काठमाडौं,असोज २६-
नेकपा एमालेका सांसद रघुजी पन्तले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विजया दशमीको शुभकामना दिएका छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले दशैंले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाली भूमि र नेपाली जनताको स्वाभिमानको कदर गर्न प्रेरित गरोस् भनी शुभकामना दिएका हुन् ।
‘भारतप्रति रहेको नेपालको मित्रभाव, युगौं पूरानो मैत्रीपूर्ण सम्बन्ध, नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वतन्त्रता, नेपाली भूमि र नेपाली जनताको स्वाभिमानको कदर गर्ने कार्यमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आगामी विजया दशमीले प्रेरित गर्न सकोस् नी उहाँलाई विजया दशमीको शुभकामना ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























