राजनीति

विपद व्यवस्थापनको क्षेत्रमा धेरै काम गर्न बाँकी छ: उपप्रधानमन्त्री श्रेष्ठ

Banner

काठमाडौं,असोज २६-

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद व्यवस्थापनको क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताएका छन् ।

जोखिम न्यूनिकरणसम्बन्धी शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा गृहमन्त्री श्रेष्ठले हालैको बाजुरा भूकम्प, मेलम्चीको बाढी, जुरे पहिरो लगायतबाट भएका क्षतिले विपद व्यवस्थापनको क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको प्रस्ट्याइरहेको भन्दै विज्ञहरुको सुझावका आधारमा निम्ती कार्ययोजना बनाउने बताएका हुन् ।

विपद व्यवस्थापन केवल विपद घटाउने कुरामा मात्रै नरहेको र देश विकासको जगसँग सम्बन्धित विषय पनि रहेको उनले बताए । उनले संसारभर नै पूर्वविपद सूचना प्रणाली विकसित भएको अवस्थामा नेपालमा पनि पहिरो र भूकम्पको पूर्वसूचना सम्बन्धी विषय महत्वपूर्ण रहेको जिकिर गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>