राजनीति

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

Banner

काठमाडौं, असोज २६-

प्रतिनिधि सभा बैठक आज बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा आज दिउँसो २ बजेदेखि प्रतिनिधि सभा बैठक बस्नेछ। आज राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ।

त्यस्तै ऊर्जा, जलस्रोत तथा सिचाइँ मन्त्री श्री शक्तिबहादुर बस्नेतले ‘विद्युत विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

आजकै बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २१३ को उपनियम ९१० बमोजिम १० वा सो भन्दा बढी बैठकमा अनुपस्थित सदस्यहरुको अनुपस्थितिको सूचनाहरु सभाको स्वीकृतिको लागि पेश गर्ने कार्यसूची छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>