चितवन विशेष

चितवनको माडीमा करेन्ट लागेर युवाको मृत्यु

Banner

चितवन,असोज २५-

चितवनको माडीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बन्यजन्तुलाई बस्ती पस्नबाट रोक्नका लागि राखिएको सोलार फेन्समा करेन्ट लागेर बिहीवार साँझ माडी नगरपालिका ९ कृष्णनगरका २८ वर्षिय बिकल्प सुवेदीको मृत्यु भएको हो । घाँस काट्ने क्रममा सुवेदीलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाइते हुनुभएका सुवेदीको उपचारका लागि बसन्तपुरस्थित बघौडा सामुदायिक अस्पतालमा लैजाने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय माडीले जानकारी दिएको छ । अस्पतालले साँझ ८ः३० बजे मृत घोषणा गरेको थियो । मृतक सुवेदीको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>