चितवन विशेष

‘सेन्ट्रल कलेज मसंग रोजगार मेला २०२३’को तयारी पुरा

Banner

चितवन, असोज २४-
चितवनमा हुन लागेको ‘सेन्ट्रल कलेज मसंग रोजगार मेला २०२३’को तयारी पुरा भएको छ । यही असोज २६ गते भरतपुरको गार्डेन रिसोर्टमा हुन लागेको रोजगार मेलाको सम्पुर्ण तयारी पुरा भएको आज (बुधवार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना जानकारी गराइएको हो ।

कामदार र रोजगारदातालाई प्रत्यक्ष जोड्ने माध्यमका रुपमा जब फेयर कार्यक्रम गर्न लागिएको मसंग जबका प्रमुख पवन थापाले जानकारी दिए । फेयरमा चितवनका विद्यार्थी तथा उचित कामको खोजी रहेका सम्पूर्ण व्यक्तिहरुको प्रत्यक्ष सहभागिता रहने उनले बताए । उनका अनुसार ५ सय जना व्यक्तिहरुले जबको इन्टरभ्यूको लागि आवेदन दिने आउने अपेक्षा गरिएको छ । फेयरमा २० वटा कम्पनीका स्टलहरु रहने छन् । कामदारलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

चितवन तथा नेपालका काम खोज्ने व्यक्तिहरुलाई एकै ठाउँमा ल्याउने र सीप अनुसार रोजगारी दिनका लागि यस फेयरले महत्वपूर्ण भूमिका खेल्ने सेन्ट्रल कलेजका यज्ञविलास पौडेलले जानकारी दिए । मेलामा जुन सुकै व्यक्तिले जबका लागि आवेदन दिन सक्नेछन् । यहाँ रोजगार दातासंग कामदारले प्रत्यक्ष भेटन सक्ने उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>