चितवन विशेष
मुग्लिनको गोरखा होटेलमा महिलासँगै बसेका पुरुष मृत फेला
०

चितवन, असोज २३-
मुग्लिन बजार रहेको गोरखा होटलमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । सोमबार बेलुका एक महिलासँग बास बसेका पुरुष आज बिहान मृत फेला परेका हुन् । होटलमा बस्ने समयमा सरिता सुनारको नाम टिपाइएको थियो । ती महिला फरार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
मृतक पुरुषको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । महिलाको खोजी कार्य भैरहेको प्रहरीले बताएको छ । मृतकको शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>

























