चितवन विशेष

चितवनमा चाडपर्व लक्षित पाँच स्थानमा यात्रु सहायता कक्ष स्थापना

Banner

चितवन, असोज २३-

चितवनमा दशैँ, तिहार लगायतका चाडपर्वलाई लक्षित गरी यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वका बेला यात्रुहरु ठगिन र दुःख पाउन सक्ने भएकाले यात्रुलाई आवश्यक सहयोग गर्न सहायता कक्ष स्थापना गरिएको हो ।

केन्द्रीय बसपार्क, पुलचोक, पोखरा बसपार्क, मुग्लिङ बजार र टाँडीमा साेमवार यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले संयुक्त रुपमा सहायता कक्ष स्थापना गरेका हुन् । यात्राका क्रममा कुनै समस्या भोग्नुपरेमा यात्रुहरुले सहायता कक्षमा सम्पर्क गर्न सक्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>