राजनीति

सरकारले कयौँ विषयमा गल्ती गरेको छ: महामन्त्री शर्मा

Banner

काठमाडौँ,असोज १९-

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले कयौँ विषयमा गल्ती गरिरहेको टिप्पणी गरेका छन् ।  महामन्त्री शर्माले जघन्य अपराधमा संलग्न मान्छेहरुलाई आममाफी दिएकोतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै आइन्दा त्यस्ता गल्ती नगर्न पनि सचेत गराए ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा विद्यालय शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले आन्दोलनरत शिक्षकहरुको सबै मागलाई पूरा हुने गरी सो विधेयक परिमार्जन गर्न पनि सरकारलाई दबाब दिए ।

उनले सरकारले संसदमा पेश गरेको सो विधेयकलाई युग सुहाउँदो ढंगले परिमार्जन गर्न सत्ता पक्ष र प्रतिपक्षले मिलेर काम गर्नुपर्ने बताए ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>