देश/प्रदेश

चिरपट प्रहारबाट सुर्खेतमा एकजनाको मृत्यु, आरोपित पक्राउ

०
Banner

सुर्खेत, कात्तिक १० –

सुर्खेतको गुर्भाकोट नगरपालिका–८, सुन्दरनगरमा चिरपट प्रहारबाट एकजनाको मृत्यु भएको छ। चिरपट प्रहारबाट मृत्यु हुनेमा सोही ठाउँका ६२ वर्षीय मानबहादुर राजी रहेका छन्।

नेपाल प्रहरीका अनुसार कात्तिक १० गते बिहान ११ः३० बजे सोही ठाउँका ४० वर्षीय टेकबहादुर विकले अजय परियारको घरको आँगनमा राजीको टाउको र बायाँ खुट्टामा चिरपट प्रहार गरेका थिए।

चिरपट प्रहारबाट घाइते भएका राजीलाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ, सुर्खेत लगिएको थियो। त्यहाँ उपचारका क्रममा स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएकोमा चिकित्सकले सोही दिन दिउँसो २ः१२ बजे मृत घोषणा गरेका थिए।

घटनामा संलग्न रहेको आरोपमा टेकबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>