राजनीति

चाडपर्वका बेला पनि सरकारले कालोबजारी नियन्त्रणमा चासो दिएनः सांसद चौधरी

Banner

काठमाण्डौ,असोज १९-

सांसद भगवती चौधरीले चाडपर्वका बेला हुने कालोबजारी नियन्त्रणका लागि सरकारले ध्यान दिन नसकेको बताएका छन् । आज प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद चौधरीले चाडपर्वका बेला हुने कालोबजारी नियन्त्रणका लागि सरकारले ध्यान दिन नसकेको बताएका हुन् ।

सांसद चौधरीले भन्नुभयो, ‘अहिले चाडबाडका बेला कालोबजारी हुन्छ । बजारमा सामान छ, उसले लुकाउन खोज्छ । चाडपर्वमा महँगो गरी बेच्नका लागि । यसको अनुगमन सरकार पक्षले तदारुकताका साथ गर्नुपर्ने तर गरेको छैन ।’

सांसद विमला सुवेदीले चाडबाडका बेला सार्वजनिक गाडीले यात्रुलाई ठग्ने गरेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण हुनेगरी अनुगमनको कामलाई व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले समयमै कालोबजारी नियन्त्रण गरी उपभोक्तालाई मारमा पार्न नदिन पनि सरकारलाई सचेत गराउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>