देश/प्रदेश

रिगलको आममाफीमा गगनले भने: गलत निर्णय गरेर पन्छिन मिल्दैन, सदनमा उभिएर जवाफ दिनुपर्छ

Banner

काठमाडौं, असोज १९-

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गुन्डा नाइके रिगल भनिने योग ढकाललाई आममाफी दिने निर्णयमा सरकारको जवाफ माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै गलत निर्णय भएकाले त्यसको जवाफ दिनुपर्ने बताए।

उनले भने, ‘निर्णय गलत भएकाले विरोध भएको छ। अहिले त्यो मुद्दा अदालतमा पनि पुगेको छ। सदनमा पनि कुरा उठेकाले सरकारले सदनमा उभिएर कारण बताउँनुपर्छ। सदनको फेश गर्नुपर्छ। निर्णय आफू गरेर भाग्न पाइँदैन। सार्वजनिक प्रश्न उठेपछि जवाफ दिर्नुपर्छ।’

आममाफीको बिषयमा कानूनको अपव्याख्या भएको हुँदा संशोधन र परिमार्जन गरेर कसैले कानूनको अपव्याख्या गर्न‘पर्ने बताए। उनले सत्ता हुँदा एउटा प्रतिपक्षमा हुँदा अर्को कुरा नगर्ने विपक्षी दललाई पनि आग्रह गरे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>