राजनीति

भोलि प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्र बझाङ जाने

Banner

काठमाडौँ, असोज १९-

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि (शुक्रबार) भूकम्प प्रभावित क्षेत्र बझाङ जाने भएका छन्।

उनका प्रेस विज्ञ मनहरि तिमिल्सिनाका अनुसार बिहीबार बसेको विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन परिषद्को १२औं बैठकमा प्रधानमन्त्री प्रचण्डले भूकम्प पीडित र प्रभावित जनतालाई राहत, उद्धार, पुनर्स्थापना तथा पुनर्निर्माणका बारेमा आवश्यक निर्णय तथा कार्यान्वयन गर्न निर्देशन दिएका हुन्।

बझाङमा गत मंगलबार भूकम्प गएको थियो। त्यसपछि पटकपटक पराकम्पन आएका थिए। जसकारण एक जनाको मृत्यु, केही घाइते र घर तथा विद्यालय भवनलगायत संरचनामा क्षति पुगेको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>