राजनीति
गुन्डा नाइके रिगललाई आममाफी दिने कुरामा हाम्रो सहमति छैनः माधव नेपाल
०

काठमाडौं,असोज १८-
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गुन्डा नाइके रिगल भनिने योग ढकाललाई आममाफी दिने सरकारको निर्णयमा आफूहरूको सहमति नभएको बताए ।
रौतहटबाट समाजवादी जागरण अभियानको पाँचौ दिनको अभियानको सुरू गर्नुअघि पत्रकारसँगको कुराकानीमा उनले गुन्डा नाइके रिगल भनिने योग ढकाललाई आममाफी दिने सरकारको निर्णयमा आफूहरूको सहमति नभएको बताएका हुन् ।
उनले भने, ‘नेपालगञ्जका एक अपराधीलाई आममाफी दिने कुरामा हाम्रो सहमति छैन । हामीसँग सरकारले कुरा गरेर जानकारी गराएको पनि छैन ।’
सामाजिक सद्भाव जोगाउने पक्षमा पार्टी दृढ रहेको नेपालले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























