राजनीति

प्रधानमन्त्री दाहालद्वारा  माओवादी नेता आचार्यको स्वास्थ्य अवस्था जानकारी

Banner
काठमाडौँ, असोज १८-
 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (माओवादी केन्द्र) का सचिव डिलाराम आचार्यको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको छ । सचिव आचार्यको वीर अस्पतालमा स्वास्थ्य उपचार भइरहेको छ ।
पार्टी अभियानको क्रममा अछाम पुग्नुभएका उहाँको स्वास्थ्यमा समस्या देखिएपछि बुधबार काठमाडौँ ल्याइएको थियो । प्रधानमन्त्री दाहालले नेता आचार्यको उपचारमा कुनै कसर बाँकी नराख्न अस्पतालका चिकित्सकहरुलाई आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>