बाढि पहिरो
भूकम्पको क्षति व्यवस्थापनको लागि समन्वय गरेर काम गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन
०

काठमाण्डौ,असोज १८-
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बझाङ र आसपासमा भूकम्पका कारण भएको मानवीय र भौतिक क्षतिको व्यवस्थापनको लागि सबै क्षेत्रलाई समन्वय गरेर काम गर्न निर्देशन दिएका छन् ।
बिहान सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा उनले भूकम्पका कारण भएको मानवीय र भौतिक क्षतिको व्यवस्थापनको लागि सबै क्षेत्रलाई समन्वय गरेर काम गर्न निर्देशन दिएका हुन् ।
उनले तत्काल पुग्नुपर्ने श्रोत र हुनुपर्ने व्यवस्थापनमा तीन तहकै सरकारले आवश्यक भूमिका निभाउन निर्देशन दिए। उनले सम्भावित विपद्जन्य घटनाको लागि पूर्व तयारी गर्नु र रहनुपर्ने आवश्यकता रहेको बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























