चितवन विशेष

२ लाख ५० हजार सहित म्याजिकमा छुटेको झोला चितवन प्रहरीले सम्बन्धित धनीलाई बुझायो

Banner

चितवन, असोज १६-

चितवन प्रहरीले म्याजिकमा छुटेको २ लाख ५० हजार रुपैयाँ सहित लत्ता कपडा रहेको झोला सम्बन्धित धनीलाई बुझाएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ४का लिलाराज न्यौपानेले हिजो (सोमबार) नम्बर नखुलेको म्याजिकमा सो रकम सहित लत्ताकपडा छुटेको भनि प्रहरीमा निवेदन दिएका थिए ।

निवेदनका आधारमा प्रहरीले खोजिकार्य गर्दा नम्बर ना १ ज ७८३६ नम्बरको म्याजिक चाकल सम्पर्कमा आएको चितवन प्रहरीले जानकारी दिएको छ । सम्बन्धीत धनीलाई मंगलबार सो रकम सहित झोला बुझाएको प्रहरीले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>