कालिका

पदमपुरमा ‘तेस्रो जितिया कप थारु ब्याडमिन्टन प्रतियोगिता’ हुने

Banner

चितवन, असोज १६–

थारु महिलाहरुको महान् चाड जितिया पर्वको अवसरमा तेस्रो संस्करणको जिल्ला स्तरीय ‘जितिया कप थारु ब्याडमिन्टन प्रतियोगिता–२०८०’ हुने भएको छ । थारु युथ स्पोर्टस् चितवनको आयोजनामा हुन लागेको प्रतियोगिता यही असोज १९ र २० गते कालिका नगरपालिका–३, पदमपुरस्थित कवर्ड हलमा हुनेछ ।

प्रतियोगितामा २ वटा क्याटेगोरीमा खेल हुने छ । थारु युवाहरुलाई लक्षित ‘थारु ओपेन चितवन’ र ‘बी’ श्रेणीका सबै खेलाडी खेल्न पाउने ‘बी ओपेन चितवन’ अन्तरगतका खेल हुने प्रतियोगिताका संयोजक दिपेन्द्र कुमार चौधरीले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा चितवन जिल्ला ब्याडमिन्टन संघद्धारा जारी गरिएका ‘ए’ लेभलका खेलाडीले प्रतियोगितामा भाग लिन पाउने छैनन् ।

प्रतियोगितामा भाग लिन दर्ता शुल्क २ हजार रुपैयाँ तोकिएको छ । जसका लागि बुधबार सम्ममा खेलाडीहरुले नाम दर्ता गराउनुपर्ने छ । थारु युवाहरुलाई खेलकुदमा सक्रिय बनाउनुको साथै स्वस्थ जीवनका लागि ‘खेल खेलौं स्वस्थ रहौं’ भन्ने नाराका साथ प्रतियोगिता आयोजना गरिएको प्रतियोगिताका सदस्य सचिव शरद चौधरी (एस.के)ले जानकारी दिए ।

प्रतियोगितालाई भव्य रुपमा सफल बनाउन आर्थिक स्रोतको खोजी भइरहेको आर्थिक समितिका संयोजक शिवनारायण चौधरीले बताए । उनले थारु ओपेनतर्फ प्रतियोगितामा प्रथम हुनेले नगद ३० हजार, द्धितीय हुनेले १५ हजार र तृतीय हुनेले ७ हजार रुपैयाँ पुरस्कार पाउने छन् । यस्तै बी ओपेनतर्फ पनि प्रथम, द्धितीय र तृतीय हुनेले समान ३०, १५ र ७ हजार रुपैयाँ पुरस्कार पाउने चौधरीले बताए ।

प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको प्रतियोगिताका प्रचारप्रसार समितिका संयोजक दिपेन्द्र चोधरीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>