चितवन विशेष
चितवन युवा समूह कतारको अध्यक्षमा सुमन भारती निर्वाचित

कतार, असोज १३-
चितवन युवा समूह कतारको अध्यक्षमा डेग बहादुर भारती (सुमन) निर्वाचित भएका छन् । संस्थाको १७ औँ अधिवशेनले भारतीको नेतृत्वमा १३ सदस्य कार्यसमिति चयन गरेको हो ।
कार्यसमितीको प्रथम उपाध्यक्षमा गणेश थापा, दित्तिय उपाध्यक्षमा शिव श्रेष्ठ, महिला उपाध्यक्षमा सदिक्षा थपलिया,महासचिवमा कृष्ण सुनार, सचिवमा अंकित श्रेष्ठ, कोषाध्यक्षमा सन्तोष घिमिरे सह कोषाध्यक्षमा दिनेश कडेल निर्वाचित भएका छन् ।
त्यस्तै कार्यसमिती सदस्यहरुमा अमृतकुमार,राजु पौडेल, प्रकाश थापा, धन बहादुर सुनार, वीर बहादुर गुरुङ र नवीन गुरुङ निर्बिरोध रुपमा निर्वाचित भएका छन । युवा संयोजकमा बिवश डल्लाकोटी चयन भएका छन ।
नवनिर्वाचित पदाधिकारीहरुलाई संस्थापक कोषाध्यक्ष इश्वरराज पौडेलले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।
बिधिवत रुपमा दिप प्रज्वलन गरेर उदघाटन सहित अघि बढेको कार्यक्रममा स्वागत मन्तव्य समुहका महासचिव प्रकाश अर्यालले राखेका थिए । स्मृति लामा र शान्ती ओलीले एकल र युगल आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।

























