चितवन विशेष
मेटसले ग¥यो “इन्फो डे” एजुकेशन फेयर

चितवन, असोज १२-
नारायणगढमा रहेको मेट्स इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेजले विद्यार्थीहरुलाई “अष्ट्रेलिया क्यानडा इन्फो डे” फेयर गरेको छ ।
उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया तथा क्यानडा जान चाहने बिद्यार्थीहरु प्रति लक्षित गरी आयोजना गरिएको सो कार्यक्रममा ३७८ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
साथै उपस्थित विद्यार्थीहरुका लागि मेट्सले विशेष गिफ्ट ह्याम्पर सहित पिटिई, आईइएलटिएस तयारी कक्षा तथा प्रोसेसिङ्गमा शतप्रतिशत छुट सहित केही भाग्यशाली बिद्यार्थीहरुलाई गायक सबिन राईको कन्सर्टको टिकट समेत प्रदान गरिएको थियो।
अष्ट्रेलिया तथा क्यानडाको युनिभर्सिटी तथा कलेज, तह, बिषय, शुल्क एवम छात्रबृत्तिको बारेमा बिद्यार्थीहरुलाई जानकारी गराइएको थियो । मेट्स इन्टरनेशनल चितवनका प्रमुख प्रकाश पौडेलले युके, अष्ट्रेलिया तथा क्यानडा जान चाहने प्लस टु, ब्याचलर तथा मास्टर्स गरेका बिद्यार्थीहरुका लागि सहज ढङ्गमा काउन्सिलिङ, डकुमेन्टेशन र प्रोसेसिङ्गको कार्य गर्दै आइरहेको र भिसा आवेदनमा बिद्यार्थीहरुको उपलब्धिमुलक नतिजा प्राप्त भैरहेको बताउनुभयो।






















