कालिका

मृगौला पिडित किशोरीलाई चितवन समाज युकेको आर्थिक सहयोग

Banner

चितवन,असोज १०-

चितवन समाज यूकेले दुई वटा मृगौला पिडित किशोरीलाई आर्थिक सहयोग गरेको छ । समाजले कालिका नगरपालिका वडा नम्बर ६ स्थित सुन्दरबस्तिकी १९ बर्षिया जस्मिन गुरुङलाई एक लाख छ हजार रुपैया आर्थिक सहयोग गरेको हो । बेलायत बस्ने नेपालीहरुबाट संकलन गरिएको रकम आज पिडित गुरुङको घरमानै पुगेर रकम हस्तान्तरण गरिएको चितवन समाज युकेका कोषाध्यक्ष झलक सुवेदीले जानकारी दिनुभयो ।

माघ महिनादेखि गुरुङका दुई वटै मृगौलाले काम गर्न छाडेका थिए । अहिलेसम्म उपचारको क्रममा लाखौ रुपैंया खर्च भइसकेको पिडित किशोरीका बुवा सिंह बहादुर गुरुङले बताउनुभयो । सुकुम्बासी वस्तीमा बस्दै आउनुभएका उहाँले ज्याला मजदुरी गरेर परिवार पाल्दै आउनुभएको छ। अहिले छोरी बिरामी भएपछि उपचार गराउन कठिन भएको उहाँले बताउनुभयो । ‘मृगौला प्रत्यारोपण गर्नका लागि डाक्टरले २५ लाख लाग्छ भन्नुभएको छ । आफुलाई डायलाइसिस गर्ने पैसा समेत छैन,’उहाँले भन्नुभयो, ‘कसैले सहयोग गरे मृगौला फेर्न हुन्थ्यो ।’ पैसा जुट्यो भने गुरुङले छोरीलाई एउटा मृगौला दिने सोच बनाउनुभएको छ ।

अहिले डायलाइसिस गर्न समेत पैसा नभएको उहाँले दुखेसो गर्नुभयो । आफन्तले दिएको सहयोगबाट डायलाइर्एसिस गरिरहेका छौँ,’ उहाँले भन्नुभयो ‘हप्तामा दुई पटक डायलाइसिस गर्नुपर्छ एक पटकमा ५ हजार रुपैयाँ खर्च हुन्छ । पैसा नभएर अस्पताल जाने गाडिभाडा समेत हुँदैन।’ मृगौला पिडित जस्मिनले उपचारका लागि आर्थिक सहयोग गरिदिन अपिल समेत गर्नुभएको छ । ‘बाँच्न मन छ । मर्न मन छैन उहाँले गहभरी आशु निकाल्दै भन्नुभयो ‘मेरो उपचारमा सहयोग गरिदिनु ।’

विरामीको आर्थिक अवस्था देखेपछि संस्थाका सचिव डिल्ली लामिछाने र महिला संयोजक नारायणी लामिछानेको संयोजकत्वमा चन्दा संकलन गरिएको थियो । हस्तान्तरण कार्यक्रममा समाजका सल्लाहकार शान्त विनोद लामिछाने, दृपा सुवेदी, नविन तिमिल्सना लगायतको उपस्थती रहेका थियो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>