चितवन विशेष

टाँडीमा एक पसलमा आगोलागी हुँदा ३५ लाख बराबरको क्षती

Banner

चितवन, असोज ०९-
पुर्वि चितवनको रत्ननगर-२,टाँडी स्थित सिनेमा रोडमा रहेको भण्डारी फेसन कलेक्सनमा भिषण आगोलागी भएको छ। मंगलबार साँझ साढे ७ बजे नवीन धितालको घरको पहिलो तलामा भएको आगोलागीबाट ३५ लाख बराबरको क्षती भएको कलेक्सनका प्रोपाईटर गणेश भण्डारीले बताए।  आयोलागीबाट दुई वटा सटर भित्रको सम्पूण सामान पूर्ण रुपमा नष्ट भएको चितवन प्रहरीले जानकारी दिएको छ । सटर बन्द भएको अवस्थामा अचानक आगो लागेको थियो । आगो के कति कारणले लागेको भन्ने विषय खुल्न सकेको छैन ।
भरतपुर महानगरपालिका,रत्ननगर नगरपालिका र खैरहनी नगरपालिकाको वारुण यन्त्रको संयुक्त प्रयासमा सो आगालागी नियन्त्रणमा आएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>