चितवन विशेष

चितवनमा ‘विश्व फर्मासिस्ट दिवस’ आज मनाइँदै, यस्ता छन् कार्यक्रम

Banner

चितवन, असोज ८-

सेप्टेम्बर २५ अर्थात् तेह्रौं ‘विश्व फर्मासिष्ट दिवस’को अवसरपारी आज चितवनमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । नेपाल फार्मेसी संघ चितवन शाखाको आयोजनामा भरतपुरमा जिल्लास्तरीय भेला, प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको संघका अध्यक्ष सुशील सिग्देलले जानकारी दिए ।

आज विहान साढे १० बजे भरतपुर–१० स्थित विरेन्द्र बहुमुखी क्याम्पस अगाडिबाट निस्कने प्रभातफेरी हस्पिटल रोड, भरतपुर अस्पताल हुँदै जिल्ला समन्वय समितिको कार्यालयमा गएर अन्तरक्रिया कार्यक्रममा परिणत हुने संघका सचिव धर्मनाथ यादवले बताए । ‘वर्तमान अवस्थामा फार्मेसी पेशाका अवसर र चुनौती’ लगायतका समसामयिक विषयमा अन्तरक्रिया गरिने उनले जनाए ।

यस्तै, ‘विश्व फर्मासिष्ट दिवस’ को अवसरमा आज नेपाल फर्मास्यूटिकल एसोसिएसन बाग्मती प्रदेशको आयोजनामा फर्मासिस्टहरूलाई विशेष तालिम दिन लागिएको एसोसिएसनका सचिव सन्दिप पाठकले जानकारी दिए । सो तालिम तथा शुभकामना आदानप्रदान कार्यक्रम जिल्ला समन्वय समितिको सभाहलमा हुने उनले बताए ।

कार्यक्रममा विभिन्न पेसा–व्यवसायमा आबद्ध फर्मासिस्ट, सहायक फर्मासिस्ट (फार्मेसी सहायक) विभिन्न फार्मेसी कलेजमा अध्ययनरत विद्यार्थीहरु, पत्रकार, बुद्धिजिवी, सर्वसाधारण लगायतको उपस्थित रहने आयोजकले जनाएको छ । नेपाल फार्मेसी संघ फार्मेसी क्षेत्रको पेशागत हकहितको निम्ति निर्माण भएको साझा संस्था हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>