देश/प्रदेश
हत्या गरेको ३४ वर्षपछि प्रकाउ परे ६७ वर्षीया चक्रबहादुर
०

भोजपुर, असोज ७-
जिल्ला प्रहरी कार्यालय भोजपुरले हत्या गरी भागेका आरोपमा एक व्यक्तिलाई प्रकाउ गरेको छ । कार्यालयले ३४ वर्षअघि एक पुरूषको हत्या गरी भागेका आरोमा उनलाई प्रकाउ गरेको हा् ।
कार्यालयका अनुसार भोजपुर साविक दोभाने गाविस-८ घर भएका चक्रबहादुर राईलाई पक्राउ गरिएको छ । २७ वर्षको हुँदा २०४६ कात्तिक १७ गते २७ वर्षीय बद्रीकुमार राईको हत्या गरेका चक्रबहादुर अहिले ६७ वर्षका भएका छन् ।
बद्रीकुमार वडा नम्बर ७ का तत्कालीन वडाध्यक्ष रामनाथ राईको घरमा सुतिरहेको थाहा पाएपछि चक्रबहादुरसहित चार जनाको समूह उक्त घरेलु हतियारले बद्रीकुमारका विभिन्न अंगमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए र उनको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























