राजनीति
प्रधानमन्त्री बालेन्द्र शाहकी पत्नी सबिना काफ्लेको पहिरनमाथि सूर्य थापाको टिप्पणी : ‘निलो सल पम्फादेवीकै शैलीको नक्कल हो कि अरूको प्रभाव ?’

काठमाडौं,कात्तिक १६ –
प्रधानमन्त्री बालेन्द्र शाहकी पत्नी सबिना काफ्लेको पहिरनलाई लिएर नेकपा एमालेका नेता सूर्य थापाले सामाजिक सञ्जालमार्फत व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्।
थापाले पञ्चायतकालको अन्त्यतिर पम्फादेवीले मुज्जा पछाडि पारेर सारी लगाएको विषय चर्चामा रहेको स्मरण गर्दै अहिले रेड कार्पेटमा निलो सल पछाडि भुइँमा लतार्दै हिँड्ने नयाँ शैली सार्वजनिक भएको उल्लेख गरेका छन्।
उनले प्रधानमन्त्रीको पहिरन शैलीमाथि पनि टिप्पणी गर्दै महेन्द्रको नक्कलको रिमिक्सका रूपमा गोल्डस्टारका सेता जुत्ता, कालो टी–सर्ट र कोट लगाएर संसद् जाने अभ्यास रहेको बताएका छन्।
त्यस्तै, रेड कार्पेटमा निलो सल लतार्दै हिँड्ने शैली पनि पम्फादेवीकै ठाडो नक्कल हो वा अरू कसैको प्रभाव हो भन्दै उनले प्रश्न गरेका छन्।
थापाले प्रधानमन्त्री र प्रथम महिलाका लागि औपचारिक ड्रेसकोड निर्धारित हुनुपर्ने आफ्नो मान्यता रहेकोसमेत स्पष्ट पारेका छन्।
























