राजनीति

स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे–आन्द्रे पेज नेपालमा

०
Banner

काठमाडौं, कात्तिक १६ –

स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष महामहिम पियरे–आन्द्रे पेज  (H.E. Pierre-André Page) छ सदस्यीय प्रतिनिधिमण्डलसहित आज नेपाल आइपुग्नुभएको छ।

प्रतिनिधि सभाका सम्माननीय सभामुख डोलप्रसाद (डीपी) अर्यालको निमन्त्रणामा उहाँ आज बिहान १०:१५ बजे कतार एयरवेजको उडानमार्फत नेपाल आइपुग्नुभएको हो।

नेपाल आगमनका क्रममा उहाँलाई संसदीय मैत्री समूहकी संयोजक माननीय खुश्बु ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो।

नेपाल भ्रमणका क्रममा उहाँले आजै सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल, प्रतिनिधिसभाका सम्माननीय सभामुख डोलप्रसाद (डीपी) अर्याल तथा राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायणप्रसाद दाहालसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>